दफा ३२
अन्य निकायको सहयोग लिन सक्ने
(१) यस ऐन अन्तर्गतको कसुरको अनुसन्धान र तहकिकातको सिलसिलामा अनुसन्धान अधिकारीले आवश्यकता अनुसार कुनै पनि सरकारी निकाय वा सार्वजनिक संस्था वा कसैको सहयोग माग गर्न सक्नेछ र यसरी सहयोग मागेका बखत सहयोग गर्नु त्यस्तो निकाय, संस्था वा व्यक्तिको कर्तव्य हुनेछ ।
(२) अनुसन्धान अधिकारीले यस ऐन अन्तर्गत भ्रष्टाचारको कसुरमा अनुसन्धान र तहकिकात गर्ने सिलसिलामा प्रहरी फोर्सको समेत मद्दत लिन सक्नेछ । यसरी प्रहरी कर्मचारीलाई काममा लगाउनु पर्दा अनुसन्धान अधिकारीले दिएको आदेश प्रहरीको सम्बन्धमा सम्बन्धित प्रहरी महानिरीक्षकको आदेश सरह हुनेछ ।
(३) अनुसन्धान अधिकृतले आफूभन्दा तल्लो दर्जाका प्रहरी अधिकृत वा कर्मचारीको सहयोग माग गर्न सक्नेछ । यसरी अनुसन्धान अधिकृतले सहयोग मागेमा सहयोग गर्नु सम्बन्धित प्रहरी अधिकृत वा कर्मचारीको कर्तव्य हुनेछ ।
(४) अनुसन्धान अधिकारीले अनुसन्धान र तहकिकात गर्न लागेको कसुरको प्रकृतिबाट कुनै निकायमा कार्यरत कुनै विशेषज्ञसंग परामर्श गर्नु पर्ने वा त्यस्तो विशेषज्ञ समेतलाई अनुसन्धान र तहकिकातमा संलग्न गराउनु पर्ने देखेमा निजलाई कुनै खास अवधिको लागि काजमा पठाइदिन सम्बन्धित निकायसंग माग गर्न सक्नेछ र यसरी माग भई आएमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो निकायले सम्बन्धित विशेषज्ञ उपलब्ध गराइदिनु पर्नेछ ।